site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
अस्ट्रेलियामा नेपाली मूलका युवाले पाए सांसदको टिकट

सिड्नी । अस्ट्रेलियाको प्रमुख प्रतिपक्ष दल लिबरल पार्टीले आगामी आमनिर्वाचनमा सिड्नीको माकार्थर क्षेत्रबाट केन्द्रीय सांसदको टिकट नेपाली मूलका युवा विनोद पौडेललाई दिएको छ । यसअघि पनि पौडेलले सिड्नीको पश्चिमी क्षेत्रबाट सांसदको टिकट पाएका थिए । तर, उनी जितको नजिक पुगेर पराजित भए । यद्यपि, उनले आफूलाई लिबरल पार्टीका राजनीतिमा स्थापित गरेका थिए ।

लिबरलले आगामी सन् २०२५ को अस्ट्रेलियाको आमनिर्वाचनमा उनलाई माकार्थर क्षेत्रको टिकट दिने घोषणा गरेको हो । अस्ट्रेलियामा नेपालीहरूको बाक्लो उपस्थिति रहेकाले पनि अस्ट्रेलियाका राजनीति दलहरू नेपाली मूलका उमेदवारप्रति आकर्षित भएको देखिन्छ ।

अस्ट्रेलियामा सन् २०२२ मा सम्पन्न आमनिर्वाचनमा पौडेल सत्ताधारी लेबर पार्टी उमेदवारसँग पराजित भएका थिए । तर, पछिल्लो अस्ट्रेलियाको राजनीतिक सर्वेक्षणले सो क्षेत्रमा यसपटक लिबरलले जित्ने सम्भावना रहेको देखाएको छ ।

Dabur Nepal
NIC Asia

यसअघि, लिबरलबाटै नेपाली युवा पीजे श्रेष्ठले सांसदको टिकट पाएका थिए । तर, उनी लेबरका चर्चित स्थानीय उमदेवार लिन्डा बर्नीसँग केही हजार मतले पराजित भएका थिए ।

अस्ट्रेलियाका दुई ठूला दलहरू लेबर र लिबरलका दुई भ्रातृ निकाय लिबरल फ्रेन्ड्स अफ नेपाल र लेबर प्रलेन्ड्स अफ नेपाल पनि सिड्नीमा सक्रिय देखिन्छन् । यस्तै, अस्ट्रेलियाको राजनीतिमा दुई नेपाली महिला भद्रा वाइबा र स्वीकृति भट्टले काउन्सिलरमा जित निकालेका थिए ।

Paudel-1733742388.jpeg
 

पौडेलले अस्ट्रेलियाको ठूलो राजनीतिक दलले आफूलाई दुई–दुईपटक सांसदको टिकट दिनु आफैँमा उपलब्धि भएको बताए ।

"यो मेरोमात्र हैन, सिंगो नेपाली समुदायको सान हो । किनभने, अस्ट्रेलियाको ठूलो राजनीतिक दलले यसरी विश्वास गरेर दुईदुईपटक सांसदको टिकट दिने आफैँमा महत्त्वपूर्ण उपलब्धि हो भन्ने मलाई लाग्दछ," पौडेलले भने ।

अबको केही महिनामै हुने आमनिर्वाचनका लागि पौडेलले तयारी थालिसकेका छन् । आफ्नो क्षेत्रको घरदैलो र दलको निर्देशनअनुरूप कार्यक्रम अगाडि बढाइसकेको उनले बताए ।

"यी सबैका बाबजुद पनि अस्ट्रेलियाको नेपाली समाज एकाकार भएर एउटा नेपाली मूलको ठिटोलाई जिताउन अग्रसर हुनुहुन्छ भन्ने मेरो विनम्र अनुरोध छ," पौडेलले सुनाए, "अघिल्लो चुनावमा पराजित भए पनि मेरा लागि एउटा महत्त्वपूर्ण  सिकाइ बनेको छ । यसपटक मैले जितको बलियो आधार खडा गरेको अनुभव गरेको छु ।"

निर्वाचनको मिति नतोकिए पनि अस्ट्रेलियाको आमनिर्वाचन आगामी २०२५ को जुन–जुलाईदेखि सेप्टेम्बरभित्रसम्म गरिसक्नुपर्ने हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro