site stats
बाह्रखरी :: Baahrakhari
देश
बनेपाबाट आधा केजी 'सुन'सहित दुईजना पक्राउ

काठमाडौं । प्रहरीले काभ्रेको बनेपा नगरपालिका–१३ स्थित साँगा चोकबाट ५५८ ग्राम (आधा केजीभन्दा धेरै) पहेँलो धातु (सुन) सहित दुई जनालाई पक्राउ गरेको छ । 

आइतबार साँझ प्रहरीले काभ्रेकै रोशी गाउँपालिका–९ का ३८ वर्षीय वसन्त लामा र रामेछापको मन्थली नगरपालिका–१ का २९ वर्षीय अमृत श्रेष्ठलाई पक्राउ गरेको हो ।

Argakhachi Cement Island Ad

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बीएबी ८६०८ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको सिटमुनि प्लास्टिकको झोलामा लुकाएको अवस्थामा पहेँलो धातु बरामद गरेको जनाइएको छ ।

घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्