site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पेस्तोलसहित युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सर्लाहीमा पेस्तोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बलरा नगरपालिका–६, मिर्जापुरका १९ वर्षीय गोलु भनिने धर्मजितकुमार सहनी छन् ।

एकथान कटुवा पेस्तोलसहित आइतबार (हिजो) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

बलरा–६ स्थित गढीमाई मेलामा झै–झगडा भएको भन्ने सूचनापछि खटिएको प्रहरी टोलीले उक्त पेस्तोलसहित उनलाई नियन्त्रणमा लिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro