site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता
Dabur Nepal
NIC Asia

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । सोमबार अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसीसी र यूएसएआईडीअन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानीलगायत विषयमा छलफल गरिएको जनाइएको छ ।

अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व कायम भएको उल्लेख गरे । अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका निम्ति नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न उनले आग्रह गरेका अर्थमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एसियाका केही देश आर्थिक रूपमा समस्या परेको उल्लेख गरे । तर, नेपालले आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै उनले खुसी व्यक्त गरे । उनले अमेरिका आउँदा दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको जानकारी गराए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  ११:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro