site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पछिल्लो १२ घण्टामा यी स्थानमा भयो वर्षा, कैलालीमा सबैभन्दा बढी
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा यो वर्षको हिउँदको पहिलो वर्षा भएको छ । पश्चिमी वायुको प्रणालीको प्रभावले वर्षासँगै केही स्थानमा हिमपात समेत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो १२ घण्टा (सोमबार बिहान साढे ९ बजेसम्म)मा कैलालीमा सबैभन्दा बढी ११.६ मिलिमिटर वर्षा मापन गरिएको छ । त्यसपछि हुम्लामा ६.५ मिलिमिटर वर्षा भएको महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए ।

उनका अनुसार, यो अवधिमा बाजुरामा ६.२, अछाममा ४.६ मिलिमिटर वर्षा मापन गरिएको छ । यस्तै, डोटी, बैतडी, कञ्चनपुर, डडेलधुरामा वर्षा भएको उनले जानकारी दिए ।

यी केही जिल्लामा आज थप वर्षाको सम्भावना रहेको उनले बताए । “विशेष गरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना छ,” उनले बाह्रखरीसित भने ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात समेत भएको महाशाखाले जनाएको छ ।

उक्त प्रणाली पश्चिम हुँदै पूर्वतिर सर्नेछ । त्यसको प्रभावले देशभरि नै बदली (आकाशमा बादल) र वर्षा/हिमपातको सम्भावना रहेको उनले बताए । काठमाडौंमा वर्षाको सम्भावना न्यून रहेको उनले जानकारी दिए । “काठमाडौंमा वर्षाको सम्भावना खासै देखिँदैन । भइहाले पनि फाट्टफुट्ट मात्र हुन्छ,” उनले भने ।

महाशाखाले यसअघि नै आइतबार (हिजो) राति र आज देशका केही स्थानमा वर्षा र हिमपात हुने जनाएको थियो । मंगलबार (भोलि)देखि मौसम सफा हुने मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro