site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सामसङ वान यूआई ७ सार्वजनिक, फोन चलाउन एआईका अनेकौँ सुविधा

काठमाडौं । सामसङ नेपालले शक्तिशाली एआई सुविधा, सरलीकृत नियन्त्रण र भविष्यका स्केलेबल एआई इकोसिस्टम रहेको वान यूआई ७ बेटा प्रोग्राम सार्वजनिक भएको घोषणा गरेको छ । इन्टरफेसको प्रत्येक टच पोइन्टमा प्रमुख एआई एजेन्ट र मल्टिमोडल क्षमता एकीकृत गरी हरेक अन्तरक्रियालाई न्याचुरल र सहज महसुस हुने एआई प्लेटफर्मको सिर्जना गरेर वान यूआई ७ महत्त्वपूर्ण रहेको कम्पनीले जनाएको छ ।

पहिलेभन्दा बढी व्यक्तिगतताका लागि अपग्रेड गरिएको मोबाइल युजर एक्सपिरिएन्सको पहिलो झलक बेटा प्रोग्रामबाट अनुभव गर्न सकिने कम्पनीले जनाएको छ ।

वान यूआई ७ ले एडभन्सड लेखन सहायक टुल (राइटिङ असिस्ट टुल) जस्ता ग्यालेक्सी एआई फिचरमा बलियो अपडेट ल्याएको कम्पनीको भनाइ छ । यसमा वाक्य छनौटमा सहजता, कन्टेन्टको सारांस, हिज्जे र व्याकरण जाँचदेखि स्वचालितरूपमा बुलेट पोइन्ट राख्न एआईले नै विकल्प दिनेछ । वान यूआई ७ सँग अपग्रेड गरिएका कल सुविधाहरूले २० ओटा भाषाहरूमा कल ट्रान्सक्रिप्ट गर्न सकिने, कल रेकर्डिङ इनएबल गर्दा रेकर्ड गरिएका कलहरू स्वचालितरूपमा पछि सन्दर्भका लागि ट्रान्सक्राइब हुने जस्ता फिचर थपिएका छन् ।

वान यूआई ७ सँग डिभाइसको लक स्क्रिनबाटै धेरै काम गर्न सकिने सुविधा थपिएको छ । जसमा इन्टरप्रेटरे, संगीत, रेकर्डिङ, स्टपवाच जस्ता सुविधासँगै गतिविधि हाइलाइट गर्न सकिने नाउ बार पनि समावेश छ । महत्त्वपूर्ण सूचनामा तत्काल पहुँच प्रदान गर्दै नाउ बारले डिभाइसलाई निरन्तर अन्लक गर्ने झन्झभट कम गर्ने कम्पनीको भनाइ छ ।

आगामी ग्यालेक्सी एस सिरिजका डिभाइसहरूमा सपोर्ट हुने नाउ बारले लक स्क्रिन एक्सपिरिएन्सलाई रूपान्तरण गर्ने सामसङले जनाएको छ । यी फिचरमा आएका सबै अपग्रेड सरल, प्रभावशाली र भावनात्मकरूपमा डिजाइन गरिएको बताइएको छ ।

बोल्ड, प्रतिष्ठित डिजाइन विकल्पले परिभाषित वान यूआई ७ले भिजुअल अव्यवस्था घटाउने र प्रयोगकर्ताहरूसँग व्यक्तिगत स्तरमा प्रतिध्वनि गर्दै सहज मोबाइल अनुभव दिने दाबी सामसङको छ । पुनः डिजाइन गरिएको क्यामेरा युएक्स, सिम्प्लिफाई गरिएको होम स्क्रिन, पुनः डिजाइन गरिएको वान यूआई विजेटसँगै लक स्क्रिनका फिचरले यसलाई झनै रोमाञ्चक बनाएको कम्पनीको भनाइ छ ।

सन् २०२५ को पहिलो त्रैमासिकदेखि सार्वजनिक हुने ग्यालेक्सी एस सिरिजका डिभाइसहरूसँगै थप परस्कृत भएर वान यूआई ७ उपलब्ध हुने सामसङले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  २०:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro