site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिमविरुद्ध चितवनका एसाखिलले बनाए अर्धशतक 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजका हसन एसाखिलले अर्धशतक बनाएका छन् । 

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर ब्याटिङमा आएको चितवनबाट इसाखिलले ४१ बलमा ५० रन पूरा गरे । यसक्रममा इसाखिलले पाँच चौका र तीन छक्का प्रहार गरे । 

Dabur Nepal
NIC Asia

जारी खेलको १३ ओभर समाप्त हुँदा चितवनले दुई विकेट गुमाएर ८९ रन बनाएको छ । प्रतियोगितामा सुदूरपश्चिम आज चौथो जितको लक्ष्यमा छ । सुदूरपश्चिमले यसअघि विराटनगर किंग्सविरुद्ध ९० रन, काठमाडौं गुर्खाजविरुद्ध ७३ रन र लुम्बिनी लायन्सविरुद्ध ४५ रनको जित निकालेको थियो । 

यता, चिवतन भने तेस्रो जितको खोजीमा छ । चितवनले यसअघि पहिलो र दोस्रो खेलमा क्रमशः काठमाडौंविरुद्ध पाँच विकेटको र पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको जित निकालेको थियो । तेस्रो खेलमा भने चितवनले कर्णाली याक्सविरुद्ध ६ विकेटको हार बेहोरेको थियो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro