site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्माण व्यवसायीको बक्यौता एक साताभित्र भुक्तानी : अर्थमन्त्री

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीको बक्यौता एक साताभित्र भुक्तानी भइसक्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक छलफल कार्यक्रममा उनले आइतबारै (भोलि)देखि निर्माण व्यवसायीकोे बक्यौता भुक्तानी सुरु हुने उल्लेख गरे ।

भुक्तानीमा केही समस्या देखिए आफूसमक्ष आउन आग्रह गर्दै अर्थमन्त्री पौडेलले उचित निकास निकाल्ने प्रतिबद्धता जनाए । उनले निर्माण क्षेत्रको समस्या एकार्कालाई देखाएर समाधान नहुने बताए ।

संघीय सरकारअन्तर्गतको विकासे आयोजनाको बजेट सन्तोषजनक नरहेको उनले जिकिर गरे । बजेट निर्माणको प्रक्रियामा सुधार गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले केही सिमेन्ट कम्पनीले बोरामै २०० रुपैयाँ मूल्यवृद्धि गरेको सुनाए । उद्योगीले सिमेन्टमा ‘कार्टेलिङ’ गरेको उनले बताए । सिमेन्टमा मूल्यवृद्धिको कारणबारे सरकारले अध्यययन गर्नुपर्नेमा उनले जोड दिए ।

उनले निर्माण व्यवसायीको भुक्तानी समयमा नै नभएकाले ऋण तिर्न नसकिएको बताए । समयमा नै भुक्तानी गर्न उनले आग्रह गरे । हिमालयन टेली भ्वाइस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro