विदेश
बोगोटा । कोलम्बियाको ग्रामीण दक्षिणपश्चिम विभाग काउकामा बाँध भत्कँदा कम्तीमा एक दर्जन व्यक्ति घाइते भएका छन् । धेरै बालबालिका बेपत्ता छन् ।
नागरिक सुरक्षाका निर्देशक मेजर जुआन कार्लोस स्यान्डोभलले भने, “अगुआस क्लारिटास स्ट्रिममा बाँध भत्कँदा ठूलो क्षति भएको र पानीको बहावले यस क्षेत्रका घरहरू बगाएको जस्तो देखिन्छ ।”
खोज र उद्धारका निम्ति पुग्ने प्रयास पहिरोले सडक अवरुद्ध भएकाले अवरोध भएको स्यान्डोभलले बताए ।
विपद् जोखिम व्यवस्थापनका निम्ति राष्ट्रिय एकाइका निर्देशक कार्लोस क्यारिलोले बेपत्ताको खोजीमा समन्वय गर्न पोपायनमा एक एकीकृत कमान्ड पोस्ट स्थापना गर्ने योजना घोषणा गरे । रासस/सिन्ह्वा
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१ १६:५८
प्रतिक्रिया दिनुहोस्