site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बीआरआई सम्झौता कांग्रेससँगको सहमतिमै भएको हो : गृहमन्त्री लेखक 
रमेश लेखक । फाइल तस्बिर ।

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल र चीनबीच बीआरआईसम्बन्धी थप सम्झौता नेपाली कांग्रेससँगको सहमतिमै भएको बताएका छन् । कांग्रेस कोसी प्रदेशको पहिलो सम्मेलनमा शनिबार विराटनगरमा उनले बीआरआई सम्झौता कांग्रेसको धारणा, सल्लाह र सहमतिमै भएको स्पष्ट पारे ।

“नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बीआरआईसम्बन्धी थप सम्झौता गरेको छ । यो सम्झौता नेपाली कांग्रेसको धारण, सल्लाह र सहमतिअनुसार भएको हो । यसमा अन्यथा सोच्न जरुरी छैन,” उनले भने ।

गृहमन्त्री लेखकले मुलुकको समग्र विकास गर्न आर्थिक सहायता लिन  आवश्यक रहेको उल्लेख गरे । बीआरआईमा ऋण लिने विषय नभएको उनले बताए । “कांग्रेसले ऋण लिन्नँ भनेर भनिसकेको छ । सम्माननीय प्रधानमन्त्रीजीले ऋण लिने कुरा भएको छैन भनिसक्नुभएको छ । अब यसको ठिक कार्यान्वयनमा लाग्नुपर्छ,” उनले भने ।

कांग्रेस र एमालेको वर्तमान राजनीति समीकरणको लक्ष्य भ्रष्टाचार नियन्त्रण, विकास र समृद्धि रहेको पनि उनले बताए । “त्यस समीकरणको धरातलमा उभिएर संघ र प्रदेशमा सरकार गठन भएका छन् । यो समीकरण केही मान्छेलाई मन्त्री बनाउन बनेको होइन,” उनले भने, “यो स्थायित्वका लागि बनेको हो । यसले भ्रष्टचार नियन्त्रण, विकास र समृद्धिका लागि काम गरिरहेको छ । देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि यो समीकरण बनेको हो ।”

संघीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशितालाई थप उन्नत बनाउन संविधान संशोधन गरिने उनले बताए । संविधान संशोधनका निम्ति आन्तरिक छलफल सुरु भइसकेको उनको भनाइ छ ।

कांग्रेस र एमालेले सत्तासमीकरणलाई ०८४ को निर्वाचनसम्म पुर्‍याउनुपर्नेमा उनले जोड दिए ।

“वर्तमान व्यवस्थामाथि आक्रमण हुँदै छ । यो संविधानमाथि आक्रमण हुँदै छ । यसलाई सुरक्षित गर्नु कांग्रेसको पहिलो दायित्व हो,” उनले भने, “नेपाली कांग्रेस बलियो नभएर लोकतन्त्र र यो व्यवस्था बलियो हुँदैन । कोसी प्रदेशको प्रथम सम्मेलन बलियो, प्रभावकारी, नेतृत्वदायी कांग्रेस निर्माणमा कोसेढुंगा साबित हुनेछ ।”

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १४:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro