site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मधेस प्रदेशमा धान उत्पादन बढ्यो
फाइल तस्बिर ।

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्षमा १५ लाख दुई हजार ४५८ मेट्रिकटन धान उत्पादन भएको छ । गत आर्थिक वर्षमा १२ लाख ९६ हजार छ सय ७ मेट्रिकटन धान उत्पादन भएको थियो । 

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा दुई लाख पाँच हजार २५१ मेट्रिकटन बढी धान उत्पादन भएको कृषि प्रसार अधिकृत रोशनकुमार मेहताले बताए । 

रोपाइँ र त्यसपछिको समयमा पानी परेको थियो । मल र बीउ समयमा नै उपलब्ध भएकाले उत्पादन बढेको उनको तर्क छ । गत वर्षको तुलनामा यस वर्षमा पाँच हजार दुई सय हेक्टर बढी जमिनमा धानखेती गरिएको थियो ।

गत वर्ष प्रतिहेक्टर ३.५० मेट्रिकटन धान उत्पादभएको थियो भने चालु आवमा प्रतिहेक्टर चार मेट्रिकटन उत्पादन भएको छ । 

सबैभन्दा बढी धान उत्पादन सप्तरीमा तथा सबैभन्दा कम रौतहटमा भएको छ । सप्तरीमा दुई लाख ६१ हजार १२० मेट्रिकटन, रौतहटमा एक लाख  ५० हजार ४८० मेट्रिकटन, पर्सामा एक लाख ८४ हजार ७४९ मेट्रिकटन, सर्लाहीमा एक लाख ८२ हजार १६० मेट्रिकटन र धनुषामा एक लाख ६६ हजार २६० मेट्रिकटन धान उत्पादन भएको छ ।

महोत्तरीमा एक लाख ६७ हजार ७७० मेट्रिकटन, सिरहामा दुई लाख नौ हजार ५२० मेट्रिकटन र बारामा एक लाख ८० हजार ३०० मेट्रिकटन धान उत्पादन भएको अधिकृत मेहताले जानकारी दिए । 

यसैबीच, यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro