site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी र गण्डकीकाे उच्च पहाडी तथा हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना 
फाइल तस्बिर ।

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । 

गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भू–भागलगायत बाँकी तराई क्षेत्र तथा उपत्यकाहरूका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।  

विभागले राति पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  ०६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro