हेग । आँधीले शुक्रबार नेदरल्यान्ड्समा व्यापक अवरोध सिर्जना गर्यो । एम्स्टर्डम विमानस्थल सिफोलमा १०० भन्दा बढी उडान रद्द गरियो र रेलमार्ग, सडक यातायात र जलमार्गहरू प्रभावित भएका छन् ।
डच राष्ट्रिय मौसम विज्ञान संस्थान (केएनएमआई)ले १२ मध्ये १० प्रान्तमा लगभग सम्पूर्ण देशका लागि पहेँलो मौसम चेतावनी जारी गर्यो ।
आँधीको गति ७५ देखि ९० किलोमिटर प्रतिघन्टा रहेको र तटीय क्षेत्रमा ९० देखि १०० किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलेको छ ।
उत्तरी वाडेन टापुहरूमा आँधीको गति १०० देखि १२० किलोमिटर प्रति घन्टासम्म पुग्नसक्छ । शुक्रबार बिहानसम्म एकसयभन्दा बढी उडान रद्द भइसकेका छन् ।
फ्लेभोल्याण्ड प्रान्त नजिकैको मार्करवार्ड बाँध आँधीका कारण बन्द गरिएको छ । रासस/सिन्ह्वा