site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बिरालो पाल्ने महिलाले ह्यारिसलाई भोट हाले, कुकुर पाल्नेले ट्रम्पलाई !

काठमाडौं । डोनाल्ड ट्रम्प निर्वाचित भएको अमेरिकी राष्ट्रपति चुनावको रोचक तथ्य सार्वजनिक भएको छ । एपी न्युजले एक लाख २० हजार मतदातामा गरेको सर्वेक्षणले बिरालो पाल्ने महिला मतदातादले डेमोक्रेटिक उमेदवार कमला ह्यारिसलाई भोट हाले भने कुकुर पाल्नेले डोनाल्ड ट्रम्पलाई भोट हालेको देखाएको छ ।

बिरालो पाल्ने पुरुष मतदताले पनि ट्रम्पलाई नै भोट हालेको एपीको सर्वेक्षणले देखाएको छ । एपीको सर्वेक्षणका अनुसार, बिरालो पाल्ने महिलाहरूमध्ये ५९ प्रतिशतले कमला ह्यारिसलाई भोट हाले । चालिस प्रतिशतले डोनाल्ड ट्रम्पलाई हाले ।

सर्वेक्षणमा सहभागी कुकुर पाल्ने ४७ प्रतिशत महिला मतदातादले ह्यारिसलाई भोट हाले भने ५२ प्रतिशतले ट्रम्पलाई । कुकुर र बिरालो दुवै पाल्ने महिला मतदातामध्ये ४७ प्रतिशतले ह्यारिसलाई भोट हाले भने ५२ प्रतिशतले ट्रम्पलाई ।

त्यसैगरी, बिरालो पाल्ने पुरुष मतदातामध्ये ४६ प्रतिशतले ह्यारिसलाई मतदान गरे भने ५१ प्रतिशतले ट्रम्पलाई । कुकुर पाल्ने पुरुष मतदाता मध्ये ४० प्रतिशतले मात्र ह्यारिसलाई भोट हाले भने ५९ प्रतिशतले ट्रम्पलाई भोट हाले । कुकुर र बिरालो दुवै पाल्ने पुरुष मतदातामध्ये ४३ प्रतिशतले ह्यारिसलाई भोट हाले भने ५६ प्रतिशतले ट्रम्पलाई भोट हाले ।

ट्रम्पले चुनावी अभियानका क्रममा ओहायोमा आप्रवासीहरूले कुकुर र बिरालाहरू चोरेर खाने गरेको दाबी गरेका थिए । रोचक त के छ भने ट्रम्प र ह्यारिसले कुकुर/बिरालो पालेका छैनन् ।

एपीबाट ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  २०:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro