site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पावरप्लेमा काठमाडौंविरुद्ध सुदूरपश्चिमले बनायो ४८ रन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजविरुद्ध ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सले पहिलो पावर प्लेमा ४८ रन बनाएको छ । 

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले ६ ओभरको खेलमा एक विकेट गुमाएर ४८ रन बनाएको हो ।

सुदूरपश्चिमबाट हाल क्रिजमा रहेका ओपनर विनोद भण्डारी र ब्रान्डन म्याकमुलमले क्रमशः २० र १५ रन बनाएका छन् ।

त्यसअघि सुदूरपश्चिमले ओपनर सैब जैबलाई व्यक्तिगत ११ रनको स्कोरमा गुमाएको थियो । काठमाडौंका राशिद खानले जैबको विकेट लिएका हुन् ।
 
प्रतियोगितामा सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि सुदूरपश्चिमले विराटनगर किंग्सविरुद्ध ९० रनको जित निकालेको थियो । काठमाडौंको यो तेस्रो खेल हो । यसअघिका दुई खेलमध्ये काठमाडौंले एकमा जित र एकमा हार व्यहोरेको छ ।  

काठमाडौंले पहिलो खेलमा चितवनसँग पाँच विकेटको हार व्यहोर्दा दोस्रो खेलमा भने कर्णाली याक्सविरुद्ध तीन विकेटको जित निकालेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro