site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चितवनमा रविका समर्थकहरूको प्रदर्शन

काठमाडौं । सहकारी रकम अपचलनको मुद्दामा बयान लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चितवन लगेसँगै उनका समर्थकहरूले प्रदर्शन गरेका छन् । 

रविलाई चितवनबाटै रिहा गर भन्दै उनका समर्थकहरूले मंगलबार प्रदर्शन गरेका हुन् । भरतपुरको कृषि कार्यालयअगाडि जम्मा भएर रविका समर्थकहरूले नाराबाजी गरेका थिए ।

उनीहरूले रविलाई रिहा गर, राजनीतिक प्रतिशोध बन्द गर, रविलाई न्याय दे लगायका नारा लगाएका थिए । कृषि कार्यालयबाट प्रदर्शनकारी अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । सो क्रममा प्रहरीले सामान्य बल प्रयोग गरेको थियो ।

चितवनको साहारा बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा बयानका निम्ति लामिछानेलाई मंगलबार नै काठमाडौंबाट चितवन लगिएको हो । चितवनको साहारा सहकारीको रकम अपचलनको विषयमा पीडितहरूले पछिल्लोपटक रास्वपा सभापति लामिछानेसहित १० जनाविरुद्ध पूरक जाहेरी दिएका थिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro