site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पोखराविरुद्ध चितवनको बोपाराले बनाए अर्धशतक 
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध चितवन राइनोजका रवि बोपाराले अर्धशतक बनाएका छन् । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेटमा मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको चितवनबाट बोपाराले ३६ बलमा अर्धशतक बनाएका हुन् । 

उनले यसक्रममा तीन चौका र तीन छक्का प्रहार गरे । योसँगै बोपारा एनपीएलमा अर्धशतक प्रहार गर्ने पाँचौँ ब्याटर बने । यसअघि विराटनगरका मार्टिन गप्टिल, जनकपुरका अनिल शाह र लहिरु मिलान्थासँगै सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका थिए । 

प्रतियोगितामा चितवनको यो दोस्रो खेल हो । चितवनले यसअघि आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो । पोखराको भने प्रतियोगिताको पहिलो खेल हो । खेलमा चितवन कुशल मल्ल र पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा उत्रिएको छ । यी दुई कप्तान पनि राष्ट्रिय टिमका नियमित सदस्य हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro