site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंविरुद्ध चितवनको सहज जित, पहिलो खेलमै तान्विरले लिए पाँच विकेट 

काठमाडौं । बलिङमा सोहेल तान्विर चम्किएपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको छ । 

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौंले प्रस्तुत गरेको ११२ रनको सामान्य लक्ष्य चितवनले १७.१ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो ।

चितवनको जितमा सन्तोष कार्कीले अविजित २८ रन बनाए । समय लिएर ब्याटिङ गरेका सन्तोषले ३१ बलमा समान दुई चौका र एक छक्का प्रहार गरे । ६८–५ को कठिन स्थितिबाट सन्तोषले अनुभवी नेपाली ब्याटर शरद भेषवाकरसँग ४६ रनको साझेदारी गर्दै चितवनलाई जितसम्म डोहोर्‍याए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

अविजित रहेका शरद पनि समय लिँदै २१ बलमा ११ रन थपे । लुक बेन्केन्स्टाइनले २२ रन बनाए । उनले १७ बलमा एक चौका र दुई छक्का प्रहार गरे । ओपनर हसन आइसखिलले १२ रन थपे । कप्तान कुशल मल्ल र रवि बोपाराले समान ११ रन जोडे । मध्यम योगफल भए पनि चितवनको ब्याटिङ आशातीत रहेन । 

चितवनले स्कोरबोर्डमा ६८ रन जोड्दा नै शीर्षक्रमका पाँच ब्याटरलाई गुमाएको थियो । तर, यसपछि सन्तोष र शरदको साझेदारी जमेपछि चितवन सहज जितसम्म पुगेको हो । 

काठमाडौंका साहब आलमले तीन विकेट लिए । गेरहार्ड इरास्मस र डान डोउथह्वाइटले समान एक विकेट हात पारे । 

चितवनले स्कोरबोर्डमा १८ रन हुँदा पहिलो विकेट गुमाएको थियो । काठमाडौंका साहब आलमले चितवनका ओपनर दीपक बोहरालाई एलबीडब्लूको धरापमा पारे । ३१ रन जोड्दा चितवनले दोस्रो विकेट गुमायो । चितवनका अर्का ओपनर हसन आइसाखिललाई साहब आलमले नै स्टेफन एस्किनाजीबाट क्याच गराए । चितवनले ५४ रन जोड्दा तेस्रो विकेट गुमायो । 

काठमाडौंका इरास्मसले लुक बेन्केन्स्टाइनलाई एलबीडब्लूको धरापमा पारेका थिए । स्कोरबोर्डमा ५६ रन हुँदा चितवनले चौथो विकेट गुमायो । चितवनका कप्तान कुशल मल्लाई काठमाडौंका डोउह्वाइटले शंकर रानाबाट क्याच गराए । त्यसपछि स्कोरबोर्डमा १२ रन जोड्दा चितवनले पाँचौँ विकेट गुमायो । चितवनका रवि बोपारालाई साहब आलमले एस्किनाजीबाट क्याच गराउँदै पभेलियनको दिशा देखाए । 

पहिलो इनिङ : तान्विरको घातक बलिङ 

त्यसअघि चितवनका पाकिस्तानी बलर सोहेल तान्विरले घातक बलिङ गर्दा टस हारेर ब्याटिङमा आएको काठमाडौंले निर्धारित २० ओभर ब्याटिङ गरे पनि नौ विकेट गुमाएर १११ रनको सामान्य योगफलमा रोकिएको थियो । चितवनविरुद्ध निरीह देखिएको काठमाडौंका चार ब्याटरले मात्रै दोहोरो अंकमा रन जोडे । काठमाडौंका सुमित महर्जनले सर्वाधिक २९ रन बनाए । 

माइकल लेभिटले २५ रन थप्दा डान डोउथह्वाइटले १९ र शंकर रानाले १६ रन जोडे । यसबाहेक, अन्य ब्याटर प्रदर्शन उल्लेख्य रहन सकेन । काठमाडौंको ब्याटिङ धरासायी बनाउन चितवनबाट खेलिरहेका पूर्वपाकिस्तानी बलर तान्विरले पाँच विकेट लिए । काठमाडौंको शीर्ष क्रमका ब्याटरविरुद्ध प्रभावकारी देखिएका तान्विरले स्टेफन एस्किनाजी, गेरहार्ड इरास्मस, भीम सार्की, करण केसी र साहब आलमको विकेट लिए । 

चार ओभरको स्पेलमा तान्विरले २१ रनमात्र खर्चिए । यसबाहेक, चितजनका कप्तान कुशल मल्ल, रिजन ढकाल, अमर रौटेला र लुक बेन्किन्स्टेनले समान एक विकेट लिए । काठमाडौंले दोस्रो ओभरको पहिलो बलमै विकेट गुमाएको हो । काठमाडौंका स्टेफन एस्किनाजीलाई चितवनका सोहेल तान्विरले अमर रौटेलाबाट क्याच गराए । चौथो ओभरको चौथो बलमा काठमाडौंले दोस्रो विकेट गुमायो । काठमाडौंका माइकल लेभिटलाई तान्विरले नै दीपक बोहराबाट क्याच गराए । 

यस्तै, काठमाडौंले पाँचौँ ओभरको चौथो बलमा तेस्रो विकेट गुमायो । चितवनका कप्तान कुशल मल्लले काठमाडौंका गेरहार्ड इरास्मसलाई बोल्ड गरे । चितवनका तान्विरले छैटौँ ओभरको दोस्रो बलमा टिमलाई चौथो सफलता दिलाए । उनले काठमाडौंका भीम सार्कीलाई एलबीडब्लूको धरापमा पारे । काठमाडौंले पाँचौँ विकेट ११औँ ओभरमा गुमायो । १०.३ ओभरमा चितवनका अमर रौटेलाले शंकर रानालाई विकेट किपर विपिन रावलबाट क्याच गराए ।

चितवनले छैटौँ विकेट १४औँ ओभरको पहिलो बलमा लियो । काठमाडौंका राशिद खानलाई चितवनका लुक बेन्केन्स्टाइनले शरद भेषवाकरबाट क्याच गराउँदै पभेलियनको दिशा देखाए । सातौँ विकेट काठमाडौंले १८औँ ओभरको पाँचौँ बलमा गुमायो । चितवनका रिजन ढकालले सुमित महर्जनलाई हसन आइसखिलबाट क्याच गराए । यस्तै, आठौँ र नवौँ विकेट काठमाडौंले १९औँ ओभरमा गुमायो ।

१९औँ ओभरको पहिलो बलमा तान्विरले काठमाडौंका कप्तान करण केसीलाई सन्तोष कार्कीबाट क्याच गराए । सोही ओभरको पाँचौँ बलमा तान्विरले साहब आलमलाई कुशल मल्लबाट क्याच गराए । प्रतियोगितामा दुवै टिमको यो पहिलो खेल हो । आजै हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुने तालिका छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro