राजनीति
काठमाडौं । जाजरकोटको नलगाढ नगरपालिका उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का देवका लामिछाने निर्वाचित भएकी छन् ।
निर्वाचन आयोगका अनुसार उनले ४ हजार २७२ मत प्राप्त गरिन् । नेपाली कांग्रेसका इन्दा चन्द्र (सिंह)ले ३ हजार १४७ मत प्राप्त गरिन् ।
एमालेकी सुनिता बोहोराले २ हजार ५४२ मत ल्याएकी छन् । भूकम्पमा परी कांग्रेसबाट निर्वाचित उपप्रमुख सरिता सिंहको मृत्यु भएको थियो । ०८० कात्तिक १७ गतेको भूकम्पमा उनको निधन भएपछि पद रिक्त भएको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१ ०८:३७
प्रतिक्रिया दिनुहोस्