site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कञ्चनपुरको भीमदत्त–६ मा कांग्रेसका चन्द विजयी

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उतले एक हजार १०७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । 

चन्दका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बहादुर चन्दले ४८७ मत प्राप्त गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशीलकुमार भट्टले ३६९, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितन्द्रबहादुर चन्दले २२५, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्टले २१८ मत प्राप्त गरे ।  

स्वतन्त्र उमेदवार थानेश्वर लेखकले १४२ मत प्राप्त गर्दा नागरिक उन्मुक्ति पार्टीका हरिष डगौराले १२७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नारा राम कोलीले १२२, स्वतन्त्र उमेदवार युवराज चन्दले ९९, राष्ट्रिय प्रजातन्त्र पार्टी नपालका दिलबहादुर धामीले २४, नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहराले १२ र जनमत पार्टीका यादव बहादुर चन्दले पाँच मत प्राप्त गरेका छन् । रासस

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ०६:२३
प्रतिक्रिया दिनुहोस्