site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
टिकटकले यसरी 'बिथोल्यो' रोमानियाको चुनाव

काठमाडौं । युरोपेली देश रोमानियामा टिकटकका राष्ट्रपति निर्वाचन बिथोलिएको छ । रोमानियाको राष्ट्रपतीय निर्वाचनको पहिलो चरणमा क्यालियन जर्जेस्कुले जित हात पारेका छन् । तर, क्यालियनको जित पछाडि टिकटको भूमिका रहेको आरोप लागेको छ ।

रोमानियाको संवैधानिक अदालतले रोमानियाको केन्द्रीय निर्वाचन ब्युरोलाई पुनः मतगणना गर्न आदेश दिएको छ । यतिमात्र होइन, राष्ट्रपतिको दोस्रो चरणको चुनाव पनि अनिश्चितकालका लागि सरेको छ ।

रोमानियाको राष्ट्रपतिका लागि स्वतन्त्र उमेदवारी दिएका क्यालियनले पहिलो चरणमा आफ्ना निटकतम प्रतिस्पर्धीभन्दा २३ प्रतिशत बढी मत ल्याएका छन् ।

Dabur Nepal
NIC Asia

टिकटकले आफ्नो अल्गोरिदममार्फत रोमानियाको निर्वाचन कानून उल्घंनन गरेको आरोप लागिरहेको छ । तर, टिकटकले आरोप इन्कार गरिरहेको छ । क्यालियनले टिकटसँग मिलेमतो गरेर आफ्नो मत बढाउन प्रयोग गरेको आरोप छ । नाटो, युरोपियन युनियनका चर्को विरोध गर्ने क्यालियन अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उग्रराष्ट्रवादी हुन् ।

६२ वर्षका क्यालियनलाई टिकटकमा तीन लाख ३० हजार जनाले फलो गरेका छन् । टिकटकमार्फत चुनाव जितेको आरोप लागेपछि रोमानियाको सञ्चार नियामकले टिकटमाथि प्रतिबन्ध लगाउने भनिरहेको छ । यसबाहेक रोमानियाको राष्ट्रिय अडियो भिजुअल काउन्सिलले युरोपियन युनियनलाई टिकटकले आफ्नो देशको चुनावमा पारेको प्रभावबारे अनुसन्धान गर्न अनुरोध गरेको छ ।

Tiktok-1733074056.jpg
युरोपेली संसद्ले रोमानियाको चुनावमा टिकटकको भूमिकाबारे जवाफ दिन टिकटकका सीईओलाई संसद्‌मा बोलाएको छ । मतदानको अघिल्लो दिनमात्र क्यालियनको टिकटकमा ५२ मिलियन भ्युज आएको थियो । टिकटकमाथि क्यालियनका भिडियोलाई आफ्नो अल्गोरिदममार्फत धेरैभन्दा धेरै प्रयोगकर्तासम्म पुर्‍याएको, क्यालियनले गरेका गलत दाबी, भ्रम फैलाउने भिडियो नरोकेको आरोप लागेको छ ।

पहिलो चरणको राष्ट्रपति चुनाव नजित्दासम्म क्यालियनबारे सार्वजनिक जानकारी निकै कम थियो । रोमानियाको वातावरण मन्त्रालयमा काम गरेका क्यालियन संयुक्त राष्ट्र संघमा रोमानियाका तर्फबाट वातावरणीय प्रतिनिधि पनि भइसकेका छन् ।

सन् २०१७ मा टिकटक सार्वजनिक भएको थियो । सन् २०१९ देखि टिकटक रोमानियामा लोकप्रिय भएको थियो । सन् २०२४ को तथ्यांकअनुसार, रोमानियामा टिकटकका ८.७९ मिलियन प्रयोगकर्ता छन् ।

टिकटक युवा पुस्तामाझ लोकप्रिय छ । युवा पुस्ताका लागि टिकटक, समाचार, सूचना र मनोरञ्जनको मुख्य प्लेटफर्म हो । क्यालियनका ३१ प्रतिशत मतदाता १८ देखि २४ वर्ष उमेरका छन् । टिकटक भिडियोमार्फत क्यालियनले मतदाताको निराशा, मुद्रास्फीति, भ्रष्ट्राचारजस्ता विषय उठाएका थिए । यसका अलावा उनले रोमानिया नाटोबाट बाहिरिनुपर्ने, युक्रेनलाई सहयोग दिन बन्द गर्नुपर्ने धारणा राख्छन् । नाटोले गर्दा रोमानियाको सार्वभौमसत्ता खतरामा परेको बताउँछन्, क्यालियन ।

टिकटकको आडमा भएको भनिएको क्यालियनको जितलाई युरो न्युजले खतराको घण्टीका रूपमा अर्थ्याएको छ ।  युरो न्युजका अनुसार, रोमानियाका सञ्चार माध्यमहरूले पहिलो चरणको नतिजा आउने बेलासम्म क्यालियन मतदातामाझ लोकप्रिय भएको थाहा नै पाएनन् । उनका बारेमा निर्वाचनका समयमा पनि मूलधारका सञ्चार माध्यमले निकै कम समाचार प्रकाशित गरेका थिए । क्यालियनको जितलाई युरोपका सञ्चार माध्यमले टिकटकको जित भनिरहेका छन् ।

युरोन्युज, बीबीसी, फ्रान्स२४ को सहयोगमा ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ०७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro