site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेजन अवार्ड ओझालाई

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड २०८१ आर्थिक पत्रकार शरद ओझाले प्राप्त गरेका छन् । सेजनको २८औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ओझालाई एक लाख रुपैयाँ पुरस्कार राशिको उक्त अवार्ड प्रदान गरेका हुन् ।

ओझा क्लिकमाण्डु डटकममा कार्यरत छन् । उनले बजेटमार्फत सरकारले आयकर ऐनको दफा ५७ मा गरेको हेरफेर र त्यसमा रहेको त्रुटिबारे समाचार लेखेका थिए । सोही समाचारका निम्ति उनलाई अवार्ड प्रदान गरिएको सेजनले जनाएको छ ।

शनिबार नै सेजनले अरू विधामा समेत आर्थिक पत्रकारलाई पुरस्कृत गर्‍यो । डा. भोला चालिसे लिवरल जर्नाजिलम अवार्ड सेतोपाटी डटकमका भागवत भट्टराईले प्राप्त गरे । प्रिन्ट मिडिया अवार्ड कारोबार दैनिककी कौशिला कुँवरले प्राप्त गरिन् । डिजिटल अवार्ड १२खरी डटकमका कमल धितालले प्राप्त गरे ।

उक्त अवसरमा स्व. सागर घिमिरे स्मृति फुटसल प्रतियोगिताका विजेता टोलीहरूलाई समेत पुरस्कृत गरिएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro