site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पावर प्लेमा जनकपुरले कटायो ५० रन 

काठमाडौं । नेपाल प्रिमिय लिग (एनपीएल)को उद्घाटन खेलमा विराटनगर किंग्सविरुद्ध लक्ष्य पछ्याइरहेको जनकपुर बोल्ट्सले पावर प्लेमा ५० रन कटाएको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याइरहेको जनकपुरले ६ ओभरमा दुई विकेट गुमाएर ५२ रन बनाएको छ ।

जनकपुरबाट हाल क्रिजमा रहेका लहिरु मिलान्थाले २२ र हर्ष थाकेरले पाँच रन बनाएका छन् । 

जनकपुरले ओपनरद्वय आसिफ शेख र कप्तान अनिल साहलाई क्रमशः शून्य र पाँच रनमा गुमाएको थियो ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro