site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा आँधीका कारण विद्यालय बन्द

बैंगलुरु । भारतको दक्षिण क्षेत्रमा आएको शक्तिशाली चक्रवाती आँधीका कारण विद्यालयहरू बन्द गरिनुका साथै सयौँ मानिसलाई सुरक्षित आश्रयस्थलमा सारिएको छ ।

चक्रवात फेंगल ७०–८० किलोमिटर प्रतिघण्टाको हावाका साथ तमिलनाडु राज्यमा अवतरण गर्ने पूर्वानुमान गरिएको भारतको मौसम ब्युरोले जनाएको छ ।

माछा मार्ने मानिसलाई पानीबाट टाढा रहन आग्रह गर्दै बढ्दो छालले तल्लो तटीय क्षेत्रमा बाढीको खतरा निम्त्याउने जनाइएको छ ।

तमिलनाडुका धेरै जिल्लामा विद्यालय तथा कलेजहरू बन्द गरिनुका  साथै कम्तीमा ४७१  जनालाई राहत शिविरहरूमा सारिएको इकोनोमिक टाइम्स अखबारले जनाएको छ ।

यसै हप्ताको सुरुमा श्रीलंकाको तटमा फेंगलले ६ बालबालिकासहित कम्तीमा १२ जनाको ज्यान लिएको थियो ।

वैज्ञानिकहरूले जीवाश्म इन्धन जलनबाट सिर्जित जलवायु परिवर्तनका कारण विश्वको तापमान वृद्धि हुँदा आँधीबेहरी अझै शक्तिशाली हुँदै गइरहेको चेतावनी दिएका छन् । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १४:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro