site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वास्थ्यमन्त्री पौडेलले सोल्टी होटेल पुगेर भेटे पोखराका खेलाडीलाई

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुनु एक दिनअघि सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्सका खेलाडीलाई भेटेका छन् ।

आफू पनि गण्डकी प्रदेशकै प्रतिनिधित्व गर्ने बताउँदै पोखराको हस्पिटालिटी पार्टनर सोल्टी होटेलमा बसेका खेलाडीहरूलाई उनले जितको अग्रिम शुभकामना दिए ।

"म पनि तनहुँमा जन्मेको, पोखरामा हुर्केको हुँ । त्यसैले मेरो समर्थन पोखरा एभेन्जर्सलाई छ । तपाईंहरू ट्रफी जितेर आउनुस् । अग्रिम शुभकामना छ,"  खेलाडीलाई भेटेर पौडेलले शुभकामना दिए ।

कार्यक्रममा पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले एनपीएलको ट्रफी उचाल्न टिम तयार भएको बताए । "एनपीएलको ट्रफी उचालेपछि फेरि मन्त्रीज्यूबाट स्वागतका क्रममा भेट हुनेछ," त्रिपाठीले विश्वास व्यक्त गरे । एनपीएल शनिबारबाट त्रिवि क्रिकेट मैदानमा सुरु हुँदै छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  २३:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro