site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाल श्रीलंकासँग पराजित

काठमाडौं । यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल श्रीलंकासँग पराजित भएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाह क्रिकेट स्टेडियममा शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको हो । श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा सबै विकेट गुमाउँदै १७८ रनमा समेटियो । नेपालका लागि ओपनर मयन यादवले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ९१ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ६२ रन बनाएका हुन् ।

त्यस्तै, नेपालका अर्का ओपनर आकाश त्रिपाठीले १९, उत्तम थापाले १७, अर्जुन कुमाल र नरेन भट्टले समान १२–१२ तथा नरेन साउदले १६ रन जोडे । श्रीलंकाका लागि प्रभिन महेशले तीन विकेट लिए भने न्युटान रन्जितकुमार, मथुलन कुगाथस र भिहास थिवमिकाले समान दुई/दुई विकेट लिए । त्यस्तै, वीरन चामुदिथले एक विकेट झारे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरको अन्तिम बलमा सबै विकेट गुमाउँदै २३३ रन बनाउको थियो । श्रीलंकाका लागि शरुकजन शन्मुगनाथले ९९ बलमा सर्वाधिक ६२ रन जोडे ।

त्यसैगरी लक्भीन अबेसिंगा ५० बलमा ५३ रन जोडे भने कभिजा गिमामगेले ४३ बलमा ३७ रन बनाउँदै रन आउट भए । दुलनिथ सिंगारा र भिमथ दिनसाराले समान २४–२४ रन जोडे । नेपालका लागि सन्तोष यादवले चार विकेट लिए भने युवराज खत्रीले दुई विकेट लिए । कप्तान हेमन्त धामी र नरेन साउदले समान १–१ विकेट लिए । एसिया कपमा नेपालले यही मंसिर १६ गते आफ्नो दोस्रो खेल बंगलादेशसँग खेल्नेछ । रासस

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  २०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro