site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चिलिमेका तीन आयोजनाको निर्माण सकियो, १६८ मेगावाट विद्युत् थपियो  

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा रसुवामा तीन जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । ती तीनबाट १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

तीनवटै आयोजनाबाट उत्पादित विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो । १४.८ मेगावाटको माथिल्लो सान्जेन, ४२.५ मेगावाटको सान्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाहरूको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन् ।

यसमध्ये माथिल्लो सान्जेन गत वर्षको असोजमा निर्माण सम्पन्न भई व्यावसायिक रूपमा विद्युत् उत्पादन गरी हालसम्म करिब ३० करोड रुपैयाँको बिजुली बिक्री गरिइसकेको छ । ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी शुक्रबार (हिजो)देखि राष्ट्रिय प्रसारणलाइनमा जोडी परीक्षणका रूपमा बिजुली उत्पादन सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई हाल परीक्षणका रूपमा बिजुली उत्पादन गरिँदै छ । परीक्षण सफल भएपछि एवं तोकिएका मापदण्ड पूरा गरेपछि सान्जेन र रसुवागढीबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरिनेछ । दुवै आयोजनाबाट यही महिनाभित्रमा व्यावसायिक रूपमा विद्युत् उत्पादन हुनेछ ।

नदी प्रवाहमा आधारित माथिल्लो सान्जेन, सान्जेन र रसुवागढी जलविद्युत् आयोजनाहरूबाट हिउँदयाममा करिब ८० मेगावाट मात्र बिजुली उत्पादन हुन्छ ।

माथिल्लो सान्जेन र सान्जेनबाट वार्षिक रूपमा एक अर्ब ८० करोड युनिट विद्युत् उत्पादन हुनेछ । माथिल्लो सान्चेनलाई विद्युत्को बढी माग हुने साँझको समय (पिक) दिउँसोको पानी जम्मा गरी ७०/७० मिनेट पूर्ण क्षमतामा चलाउन सकिन्छ । यसका निम्ति ‘पिकिङ’ पोखरी निर्माण गरिएको जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro