site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
न्यूरोडको तार कसले भूमिगत गरेको हो ?

काठमाडौं । न्यूरोडको जुद्ध सडक क्षेत्रमा विद्युत् इन्टरनेटका तार भूमिगत गरेपछि उक्त क्षेत्र सुन्दर देखिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले न्यूरोडको तार भूमिगत गरेको भन्दै बालेनको प्रशंसा गरिरहेका छन् ।

तर, न्यूरोडको तार भूमिगत काठमाडौं महानगरले नभई विद्युत् प्राधिकरणले गरेको हो । काठमाडौं महानगरले तार भूमिगत गर्ने काममा प्राधिकरणलाई सहयोग मात्र गरेको हो । महानगरका प्रवक्ता नवीन मानन्धर भन्छन्, “भूमिगत गर्ने काम प्राधिकरणले गरेको हो । हामीसँग प्राधिकरणले सहयोग मागेपछि सहयोग मात्र गरेका हौँ । हामी सहयोगी मात्र हौँ ।” 

Dabur Nepal
NIC Asia

न्यूरोड क्षेत्रमा काठमाडौं महानगरले फुटपाथ विस्तार गर्ने क्रममा स्थानीयबासी आक्रोशित भएका थिए । तार भूमिगत गर्ने क्रममा पनि यही आक्रोश दोहोरिन्छ कि भन्ने डरले प्राधिकरणले महानगरसँग सहयोग मागेको थियो ।

विद्यूत् प्राधिकरणले काठमाडौं उपत्यकाका मूख्य क्षेत्रका तार भूमिगत गर्ने काम गरिरहेको छ । प्राधिकरणले २०७६ देखि नै उपत्यकामा तार भूमिगत गर्ने काम गरिरहेको छ ।

विद्युत् प्राधिकरणका प्रवक्ता चन्दकुमार घोषका अनुसार स्थानीय तहसँग सहकार्य गरेर प्राधिकरणले तार भूमिगतको काम गरिरहेको छ । तर, तार भूमिगतको जस लिने प्राधिकरणलाई रहर नभएको उनले बताए । उनले भने, “प्राधिकरण यो कामको जस लिने होडबाजीमा छैन । किनभने यो हाम्रो नियमित काम हो । हामी यसैका लागि तलब पाउँछौँ ।”

तार भूमिगत गर्ने क्रममा स्थानीयस्तरमा कुनै समस्या आएमा प्राधिकरणले सम्बन्धित स्थानीय तहसँग सहयोग माग्छ । अब कलंकीदेखि त्रिपुरेश्वरसम्मको तार भूमिगत गर्ने काम प्राधिकरणको प्राथमिकतामा रहेको प्रवक्ता घोषले बताए ।

काठमाडौं महानगरभित्र तार भूमिगत गर्न प्राधिकरणले सहयोग मागेमा महानगर तयार रहेको महानगरका प्रवक्ता मानन्धर बताउँछन् । उनी भन्छन्, “महानगरभित्र कहाँकहाँ तार भूमिगत गर्ने भन्ने प्राधिकरणको कुरा हो । तर, प्राधिकरणलाई सहयोग चाहिए हामी सहयोग गर्छौं ।”
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro