site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१७ क्विन्टल गाँजासहित एकजना पक्राउ

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–४ बाट १७ क्विन्टल ३६ किलो गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बालुवा र गिट्टीले छोपेर उक्त परिमाणको गाँजा लिएर राजगढ गाउँपालिका–४, पत्थरगाढाबाट झुटकीतर्फ गइरहेको टिपर र त्यसका चालकलाई सोमबार राति नियन्त्रणमा लिइएको हो ।

इलाका प्रहरी कार्यालय कल्याणपुरका अनुसार, उक्त टिपरमा ५६ बोरा गाँजा फेला परेको थियो । टिपरचालक धनकुटाको सहिदभूमि गाउँपालिका–३ का ३३ वर्षीय यमजित राईलाई पक्राउ गरिएको छ ।

उनलाई हिरासतमा राखेर कारबाही अघि बढाउन प्रहरीले अदालतसँग अनुमति लिनेछ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro