site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार विदेशी पर्यटक
फाइल तस्बिर ।

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा कात्तिक महिनामा ३३ हजार ३१० विदेशी पर्यटक भित्रिएका छन् । 

जसमध्ये दक्षिण एसियाली मुलुकका ११ हजार ६७८ र अन्य मुलुकका २१ हजार ६३२ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।

आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार गत साउनयता ८३ हजार ३१ विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका हुन् । 

गत वर्ष सोही अवधिमा ६७ हजार ४४२ पर्यटकले ‘एक्याप’को भ्रमण गरेका थिए । गत आवमा दुई लाख २२ हजार १८० पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा चालु आवमा दुई लाख ५० हजारभन्दा बढी पर्यटक भित्रने अपेक्षा एक्यापको छ । 

गत असोजयता पर्यटकको आवागमन बढेको उनको भनाइ छ । 

हाल मुख्य पर्यटकीय याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो चहलपहल देखिएको छ । दोस्रो मुख्य पर्यटकीययाम सुरु हुँदासम्ममा यो वर्षको पर्यटक आवागमन उल्लेख्य मात्रमा बढ्ने अनुमान गरिएको आयोजना प्रमुख कडरियाले बताए । रासस

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  ०६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro