site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लिग अफ नेसन्स : हंगेरीलाई हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा

काठमाडौं । हंगेरीविरुद्ध ४–० को सहज जित निकाल्दै नेदरल्यान्ड्सले यूईएफए लिग अफ नेसन्सको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ ।

शनिबार राति भएको खेलमा डच टिमलाई जित दिलाउन वाउट वेघरोस्ट, कोडी गाक्पो, डेन्जेल डम्फ्रिज र टाउन कुपमेनर्सले गोल गरे ।

Dabur Nepal
NIC Asia

नेदरल्यान्ड्सले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गरेको हो । खेलको २१औँ मिनेटमा वेघरोस्टले पेनाल्टीमार्फत गरेको गोलमा नेदरल्यान्ड्सले अग्रता बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा गाक्पोले पेनाल्टीमार्फत नै घरेलु टिमको अग्रता दोब्बर बनाए ।

६४औँ मिनेटमा डफ्रिजले टिमका लागि तेस्रो गोल गरे । यस्तै, खेलको निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा कुपमेनर्सले गोल गरेपछि नेदरल्यान्ड्सले सहज जित निश्चित गरेको हो ।

जितसँगै क्वार्टरफाइनल यात्रा तय गरेको नेदरल्यान्ड्सले लिग ‘ए’ समूह ३ मा आठ अंक जोडेको छ । तालिकाको दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सले पाँच खेल खेलेको छ । समान खेलबाट पाँच अंक जोडेको हंगेरी तालिकाको तेस्रो स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १०:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro