site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थकाली गाउँ : जसको फेरियो नाउँ

मार्फा (मुस्ताङ) । मार्फागाउँ मुस्ताङी स्याउले प्रख्यात छ । घुम्न जानेले स्याउका पेयपदार्थ खरिद गर्छन् । पर्यटकीय हिसाबले थकाली गाउँ चर्चित नै छ । तर, नौ वर्षअघिसम्म यहाँका घुमाउरो गल्लीको खासै चर्चा हुँदैन थियो ।

नेपाली फिल्म ‘जेरी’को सुटिङ गरिएपछि भने यसको एकाएक चर्चा चुलियो । नाम बद्लियो, अनि बन्यो ‘जेरी गल्ली’ ।

j6-1731775332.jpg
नायक अनमोल केसी र नायिका आना शर्माले मार्फाली घुमाउरो गल्लीमा ‘के यो माया हो...’ बोलको गीतमा नाचेका थिए । यो गीतमा मुस्ताङका अरू पर्यटकीयस्थल पनि देखाइएको छ । तर, गीत हिट भएपछि युवाका निम्ति टिकटक र रिल्स बनाउने प्रख्यात ठाउँ बन्यो मार्फाको घुमाउरो गल्ली ।

जेरी गल्लीका धेरै घरहरूमा थकालीपन झल्कने पोसाक भाडामा दिने प्रबन्ध मिलाइएको छ । “मुस्ताङको प्राकृतिक सुन्दरतासँगै जेरी गल्लीको टिकटकको कुरै बेग्लै छ,” पाल्पाबाट आएकी सुगरिका थापाले भनिन् ।

j2-1731775352.jpg
तीन साथीसहित आएकी काठमाडौंकी रबिना केसीले यो ठाउँ निकै सुन्दर रहेको र आफूहरूले खुब रमाइलो गरेको सुनाइन् ।

मार्फा जोमसोमको मुख्य सडकको भित्री भागमा एकै लहरमा बनाइएका घरहरूको सुन्दर बस्ती हो । पुरानो बस्तीभित्र साँघुरो गल्लीमा तुलब्यानर टाँगिएको छ । सेतो रङ पोतिएको गल्लीका घरमा बिक्रीका निम्ति विभिन्न वस्तु राखिएको छ ।

j3-1731775368.jpg
मार्फाको स्याउसँगै परिधान समेत बिक्रीमा राखिएको छ । घरायसी सामग्री पनि यहाँ भेटिन्छ । यी गल्लीभित्र थुप्रै नेपाली चलचित्र सुटिङ गरिएको स्थानीय बताउँछन् ।

मार्फाली स्याउबाट विभिन्न पेयपदार्थ बनाउने डिस्टिलरी, पुरानो गुम्बा र स्याउ फार्म यहाँका घुमिने ठाउँ हुन् । सामुदायिक होमस्टेका निम्ति पनि मार्फा प्रख्यात छ ।

j4-1731775385.jpg

j5-1731775385.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १०:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro