site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई दिनमा काठमाडौं महानगरले उद्धार गर्‍यो १२ बालबालिका
एआईबाट तयार पारिएको प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई दिनमा १२ जना बालबालिकाको उद्धार गरेको छ । महानगरले मंगलबार र बुधबार १२ जना बालबालिकालाई श्रम र असुरक्षित बालगृहबाट उद्धार गरेको हो । 

मंगलबार वडा नम्बर १ मा रहेको खाजा घरबाट जोखिमपूर्ण श्रममा भेटिएका १४ वर्षीय बालकलाई उद्धार गरिएको थियो । बुधबार वडा नम्बर २ खुर्सानीटारमा रहेको बेसहारा असहाय बाल सुधार संघ नामक संस्थाका राखिएका १० जना बालक र एकजना बालिकाको उद्धार गरिएको हो ।
     
महानगरको हटलाइन नम्बरमा बालबालिकाको नाजुक अवस्था रहेको, उनीहरूका नाममा अवैध चन्दा संकलनलगायत काम भइरहेको सूचना प्राप्त भएको थियो । प्राप्त सूचनाका आधारमा बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  २३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro