site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
द ब्रिटिस कलेजमा करियर फेस्ट हुँदै, स्थानीय प्रतिभालाई अवसरसँग जोड्ने

काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको द ब्रिटिस कलेजमा करियर फेस्ट–२०२४ हुने भएको छ । ग्रोथ सेलर्सको सहकार्यमा नोभेम्बर २५ र २६ मा थापाथलीस्थित कलेज हातामा करियर फेस्टको आयोजना हुन लागेको हो ।

देशभरका रोजगारदाता कम्पनी र रोजगारी खोजिरहेका व्यक्तिहरू फेस्टमा सहभागी हुनेछन् । कलेजमा अध्ययनरत विद्यार्थी, पूर्वविद्यार्थी मात्रै नभई सर्वसाधरणहरू र शीर्ष कम्पनीहरूलाई एउटै स्थानमा ल्याई रोजगारीको अवसर प्रदान गर्ने, नेटवर्किङ बढाउने र ज्ञान आदान–प्रदान गर्ने गतिशील मञ्चको रूपमा सेवा पुर्‍याउने लक्ष्यको साथ यो कार्यक्रमको आयोजना भएको कलेजले जनाएको छ ।

Dabur Nepal
NIC Asia

५० भन्दा बढी राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता रहने फेस्ट, रोजगारदाता तथा रोजगारीको खोजी गरिरहेका व्यक्तिहरूको लागि फलदायी हुने कम्पनीको विश्वास छ । फेस्टमा सहभागी हुने रोजगारदाता कम्पनीहरूले सो संस्थाको विभिन्न पक्षहरूको बारेमा जानकारी प्रदान गर्नेछन् । 

साथै, सो कम्पनीहरूले प्रत्यक्ष अन्तर्वार्ता लिई रोजगारीको अवसर समेत प्रदान गर्न सक्नेछन् । एउटै मञ्चबाट दुवै पक्षले फाइदा लिन सक्ने फेस्ट सरल र प्रभावकारी माध्यम भएको कलेजको विश्वास छ ।

ब्रिटिस कलेजका डेप्युटी प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रुडेनले नेपालमा रहेको ‘ब्रेन ड्रेन’को समस्या समाधान गर्न यो पहल महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

ग्रोथ सेलर्सका संस्थापक मोहन ओझाले ब्रिटिस कलेजले आयोजना गर्न लागेको फेस्ट रोजगारी खोज्नेहरूलाई फलदायी हुने बताए ।

करियर फेस्ट केवल रोजगारी मेला मात्र नभई एउटा व्यावसायिक विकास केन्द्र हो । फेस्टमा सहभागीहरूले सीभीबारेको कार्यशाला, करियर गाइडेन्सका सत्रहरू र मास्टरक्लासहरूमा पहुँच पाउनेछन् ।  

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro