site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
‘उसागी’का कारण फिलिपिन्समा उच्च सतर्कताका निम्ति चेतावनी जारी
तस्बिर : एएफपी ।

मनिला । फिलिपिन्सले उसागी नाम दिइएको विनाशकारी आँधीको चेतावनीपछि बिहीबार प्रभावित क्षेत्रका हजारौं मानिसलाई खाली र सुरक्षित क्षेत्रमा सारेको छ । आँधीको प्रभाव यसपहिले नै अर्को आँधीबाट प्रभावित उत्तरतर्फ अघि बढ्दै गएपछि चेतावनी जारी गरिएको हो ।

प्रतिघण्टा १८५ किलोमिटरसम्मको निरन्तर हावासँगै उसागी आँधी लुजनको मुख्य टापुमा अवतरण गर्ने सम्भावना रहेको जनाइएको छ । विनाशकारी मौसमी लहरले यसअघि नै  १५९ जनाको ज्यान लिएको छ ।

राष्ट्रसंघलाई प्रभावित क्षेत्रका निम्ति तीन करोड २० लाख ९० हजार अमेरिकी डलर सहयोगको प्रस्ताव अन्तर्राष्ट्रिय समुदायसँग गरिएको छ । राष्ट्रिय मौसम विभागका अनुसार, आँधीले हल्का सामग्रीको संरचनामा लगभग पूर्ण क्षति पुर्‍याउन सक्छ ।

भारी वर्षा र तीन मिटरसम्मको सम्भावित कडा छालको पूर्वानुमान गरी आँधीको चेतावनी उच्च चरणमा लागु गरिएको छ ।

कागायन प्रान्तमा आँधी अवतरण गर्ने अपेक्षा गरिएकाले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन् । कागायनका नागरिक सुरक्षा प्रमुख रुएली राप्सिङले स्थानीय सरकारहरूले ४० हजार मानिसलाई आश्रयमा लैजाने बताएका छन् ।

उसागीपछि उष्णकटिबन्धीय आँधी म्यान–यीले पनि यस सप्ताहन्तमा राजधानी मनिला वरपर फिलिपिन्सको जनसंख्याको केन्द्रमा प्रहार गर्ने पूर्वानुमान छ ।

आँधीहरू आउने क्रम जारी रहेको बताउँदै समुदायले आघातबाट निको हुने प्रयास गरेसँगै अर्को उष्णकटिबन्धीय आँधीले फिलिपिन्सलाई फेरि प्रभावित गरिरहेको संयुक्त राष्ट्रसंघ फिलिपिन्सका मानवीय संयोजक गुस्ताभो गोन्जालेजले बताएका छन् ।

हालैको एक अध्ययनले एसिया–प्रशान्त क्षेत्रमा जलवायु परिवर्तनका कारण आँधीबेहरीको असर तटीयरेखामा तीव्र र लामो समयसम्म रहने गरेको देखाएको छ । रासस/एएफपी

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १४:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro