site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
यूएईले नेपाललाई दियो ८४ रनको लक्ष्य 

काठमाडौं । आईसीसी यू–१९ ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा घरेलु टिम युनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपालसामु ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

यूएईको सेभेन डिस्ट्रिक मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको घरेलु टिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८३ रनको योगफल खडा गरेको हो । 

विश्वकपमा छनोट हुन आज नेपाललाई फराकिलो जितको आवश्यकता छ । प्रतियोगितामा पाँच खेलबाट आठ अंक जोडेको नेपाल अंकतालिकाको दोस्रो स्थानमा छ । पाँच खेलबाट १० अंक जोडेको युनाइटेड अरब इमिरेट्स (यूएई) तालिकाको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro