site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बक्यौता छुट दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश 
Tiktok banner adTiktok banner ad

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौतामा इन्टलमेन्ट सुविधा दिनेगरी विद्युत् जोड दिने मन्त्रिपरिषद्को निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 

मन्त्रिपरिषद्को बक्यौता नउठाइ उद्योगहरूमा पुनः बिजुली लाइन जोड्ने निर्णयविरुद्ध अधिवक्ता खडानन्द कँडेलले मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 

इजलासले कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई बोलाउन आदेश गरेको छ । उनले मन्त्रिपरिषद्को निर्णय कार्यन्वयनमा रोक लगाउन अन्तरिम आदेश माग गरेका थिए । उनले मन्त्रिपरिषद्को २७ वैशाख २०८१ मा गरेको निर्णय कार्यान्वयनको माग गरेका छन् । 

नेपाल सरकार, विद्युत् प्राधिकरण र कार्यकारी निर्देशक कुलमान घिसिङ समेतलाई रिटमा विपक्षी बनाएको छ । तर, कँडेल प्राधिकरणकै कानुनी सल्लाहकार अधिवक्ता शरद कोइरालाको ल फर्म ‘लड एन्ड लयर्स’मा कार्यरत अधिवक्ता भएको खुलेको छ । यससँगै कार्यकारी निर्देशक घिसिङकै स्वार्थमा रिट दायर भएको आशंका सुरु भएको छ । यसबारे सोध्दा कँडेलले मिडियालाई प्रतिक्रिया नदिने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro