site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एभरेस्ट बैंक र एनसीएचएलबीच सम्झौता, एक दर्जन देशबाट अनलाइन भुक्तानी गर्न सकिने

काठमाडौं । एभरेस्ट बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच अलिपेप्लसको नेटवर्कमा रहेका सदस्य वालेटमार्फत नेपालपे मर्चेन्टका क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

यससँगै नेपालपे क्यूआर तथा यसका इन्टरअपरेबल क्यूआरको मर्चेन्ट क्यूआरमा अलिपेप्लसको नेटवर्कमार्फत भुक्तानी गर्न सकिने भएको छ । अब चीन, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, साउथ कोरिया, स्विडेन तथा इटलीलगायत देशबाट नेपाल आएका पर्यटकले आफ्नो डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका इन्टरअपरेबल क्यूआरमा भुक्तानी गर्न सक्ने छन् ।

Dabur Nepal
NIC Asia

नेपालपेको क्यूआर नेटवर्कमा हाल आठलाख ५० हजारभन्दा बढी मर्चेन्ट आबद्ध छन् ।

अलिपेप्लसमा ६६ वटा विभिन्न ग्लोबल मार्केटअन्तर्गत ३० भन्दा बढी इसुइङ उपकरण, ३०० भन्दाबढी एक्वैरिङ नेटवर्क, दमद्दटड ९ करोडभन्दा बढी ग्लोबल मर्चेन्ट आबद्ध छन् । अलिपेप्लसको नेटवर्कमा अलिपे चाइना, ओसीबीसी, चांगीपे, जीक्यास, अलिपेएचके, हाइपे, काकाओपे, टसपे, नाभेरपे, टीएनजीडी, पीबीबी, ट्रुमनी, एमपे, टिनाबाबाट अन्तरदेशीय भुक्तानी गर्न सकिन्छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro