site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाकिस्तानमा उच्च वायु प्रदूषण : काठमाडौंसम्म असर
तस्बिर : रोयटर्स

काठमाडौं । काठमाडौं उपत्यका र भारतसँग सीमा जोडिएका सहरहरूमा केही दिनयता वायु प्रदूषण बढिरहेको छ । काठमाडौं उपत्यकाका प्रमुख स्टेसनहरूमा प्रदूषणको मात्रा उच्च हुँदै गएको वातावरण विभागको तथ्यांकले देखाएको छ । 

विभागको रेकर्डअनुसार, कात्तिक २६ गते (सोमबार) दिउँसो ३ः३० बजे पछिल्लो २४ घण्टाको वायु प्रदूषणको मापक एयर क्वालिटी इन्डेक्स (एक्यूआई) भक्तपुरमा सबैभन्दा धेरै १५३ पुगेको छ । यस्तै, रत्नपार्कको १३८, ललितपुरस्थित खुमलटारको १०३ तथा नेपालगन्जको १२२ पुगेको छ । 

वायु गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरका अनुसार दाङको तुलसीपुर क्षेत्रमा आइतबार दिउँसो सोही समयमा एक्यूआई १२५ पुगेको छ । 

Dabur Nepal
NIC Asia

काठमाडौंका विभिन्न स्टेसनमा पछिल्लो २४ घण्टाको औसत पीएम २.५ को मात्रा ७५.७३ माइक्रोग्राम प्रतिघनमिटरसम्म पुगेको विभागको तथ्यांक छ । आइतबार बिहान ९ बजेबाट काठमाडौंमा वायु प्रदूषणको मात्रा बढ्दै गएको हो । सोमबार राति र मंगलबार बिहानसम्म पनि यो मात्राभन्दा बढी नै रहने विभागको पूर्वानुमान छ । 

पीएम (पर्टिकुलेट म्याटर) १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । यस्तै, पीएम १० ले हावामा धुलोका कणहरूको मापन गर्छ ।

विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ । सोभन्दामाथि भए वायु अस्वस्थकर तथा जति एक्यूआई बढ्दै गयो उति हानिकर मानिन्छ । पीएम २.५ को मात्रा माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने मापदण्ड छ । 

जाडोयाम र सुक्खायाममा नेपालमा वायु प्रदूषण हरेक वर्ष बढ्ने गरेको छ । हालको प्रदूषणमा भारत र पाकिस्तान क्षेत्रको विशेष प्रभाव रहेको विज्ञहरू बताउँछन् । 

आईक्यू एयरका अनुसार भारतको दिल्ली, पटना, बिहार, मोतिहारी, नयाँदिल्ली, गोरखपुरलगायत क्षेत्र प्रदूषित छन् । सोमबार दिउँसो ३ः३० बजे दिल्ली क्षेत्रको वायुको गुणस्तर ४३० एक्यूआईसम्म पुगेको छ । 

आईक्यू एयरको रेकर्डमा सोमबार सबैभन्दा बढी प्रदूषित क्षेत्र पाकिस्तानको लाहोर देखिएको छ । सोमबार दिउँसो ४ बजेसम्म लाहोर विश्वकै १२१ प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा छ । त्यहाँको औसत एक्यूआई ४४१ पुगेको छ । 

यस्तै, सियलकोट, मुल्तान क्षेत्रको एक्यूआई ७०० भन्दामाथि एक हजारसम्म छ । पीएम २.५ को मात्रा ५०८ माइक्रोग्राम प्रतिघनमिटरसम्म रहेको आईक्यू एयरको रेकर्ड छ । 

पाकिस्तानका विभिन्न सहरमा वायु प्रदूषणको ३० प्रतिशत कारण भारतमा बालीएको पराल छवालीलगायत रहेको त्यहाँका अधिकारीहरूले बताएका छन् । 

यस्तै, सवारीसाधनबाट निस्कने धुवाँ पनि वायु प्रदूषणको कारण रहेको जनाइएको छ । प्रदूषण बढेका क्षेत्रमा करिब १३ मिलियन पाकिस्तानी नागरिक प्रभावित भएको बीबीसीले जनाएको छ । लाहोरमा सार्वजनिक सेवाका क्षेत्रहरू १७ नोभेम्बरसम्मका लागि बन्द गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro