site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
सिड्नीमा 'नेपाल महोत्सव' हुँदै

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा नेपाल महोत्सव हुने भएको छ । गैरआवासीय नेपाली संघले आगामी नोभेम्बर २३ (शनिबार)मा सिड्नीको डार्लिङ हार्बरस्थित टुम्वोलङ पार्कमा महोत्सव गर्न लागेको हो । 

महोत्सव बिहान १० देखि रातिको १० बजेसम्म चल्नेछ । नेपाल सरकारको परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डसँगको विशेष सहकार्यमा नेपालको पर्यटन प्रवर्धन गर्न आयोजना गरिन लागेको हो । 

Dabur Nepal
NIC Asia

कार्यक्रममा अस्ट्रेलियास्थित विविध पर्यटन र व्यावसायिक स्टलहरू रहनेछन् । यस्तै, नेपाली खानाका परिकारसहित दुई दर्जनभन्दा बढी छुट्टाछुट्टै नेपाली परिकारका स्टल राखिने गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका एनएसडब्लू राज्य समितिले जनाएको छ ।

कार्यक्रमको प्रचार प्रसारका लागि सिड्नी सहरको लिभरपुल स्ट्रिट, बाथर्स्ट स्ट्रिट फेस्टिभल सम्पन्न हुने डार्लिङ हार्वरको तुम्वोलङ पार्क वरपर नेपाली झण्डा फहराइने भएको छ ।

व्यावसायिक स्टल र प्रदर्शनीसँगै यसपटक नेपाली ह्याण्डीक्राफ्टका उत्पादनहरू समेत महोत्सवका आकर्षण हुने जनाइएको छ । 

महोत्सवअघि शनिबार बिहान साढे १० बजेबाट विशेष परेड र झाँकीमार्फत नेपालको कला संस्कृति झल्काउने बाजागाजासहित शान्ति पदयात्रामार्फत सहर परिक्रमा गरिने अतिथि व्यवस्थापन समितिका संयोजक शीतल गिरीले जानकारी गराए । 

कार्यक्रममा नेपालबाट आएका द एक्स ब्यान्ड, आस्था राउत र हेमन्त शर्माको विशेष प्रस्तुति रहनेछ । साथै विभिन्न भाषा, संस्कृति झल्काउने नृत्यहरू प्रदर्शन गरिने कार्यक्रम छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro