site stats
बाह्रखरी :: Baahrakhari
देश
दार्चुलामा जुवातास खेलिरहेका आठजना समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । दार्चुलामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मालिकार्जुन गाउँपालिका–४, ऐरीछानाका किसनसिंह धामीसहितका व्यक्तिहरू छन् ।

धामीको घरमा जुवातास खेलिरहेको अवस्थामा आइतबार (हिजो) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद दुई लाख ३२ हजार ३७० रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १३:२२
प्रतिक्रिया दिनुहोस्