site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चक्रपाणि स्मरण पुरस्कार डा. भट्टराईलाई 

काठमाडौं । यो वर्षको ‘चक्रपाणि स्मरण पुरस्कार’ प्रा. डा. गोविन्दराज भट्टराईलाई प्रदान गरिएको छ । चक्रपाणि चालिसेको १४२औँ जन्मजयन्तीका अवसरमा चक्रपाणि स्मारक प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा डा. भट्टराईलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

डा. भट्टराईलाई डा. द्वारिकानाथ ढुंगेलले नगद राशि २० हजार रुपैयाँसहितको पुरस्कार प्रदान गरेका थिए ।

त्यस अवसरमा ३० उत्कृष्ट कथा समेटिएको ‘चक्रपाणि’ वार्षिक साहित्यिक पत्रिकाको कथा विशेषांक पनि सार्वजनिक गरिएको थियो । राष्ट्रव्यापी कथा प्रतियोगिता आयोजना गरी संकलित ६६ मध्ये उत्कृष्ट ३० कथालाई उक्त पत्रिकामा प्रकाशित गरिएको कार्यकारी सम्पादक तथा प्रतिष्ठानका सदस्यसचिव रामगोपाल आशुतोषले बताए ।

केही समयअघि सम्पन्न प्रतियोगितामा जाजरकोटका शिवराज शाहीको कथा ‘सन्तानको फोटो’ पहिलो, भक्तपुरका मनीषकुमार शर्मा समितको ‘मैले नभित्र्याएकी बुहारी’ दोस्रो र धादिङका रूपक अलंकारको कथा ‘बंगाली बाबा’ तेस्रो भएको र प्रकाश नेपाली र अनिता पन्थीका कथाहरूले गुणवत्ता पुरस्कार प्राप्त गरेको कवि आशुतोषले जानकारी दिए ।

पहिलो, दोस्रो र तेस्रो कथाका रचनाकारलाई क्रमशः ३० हजार, २० हजार  र १० हजार रुपैयाँ प्रदान गरिएको थियो । गुणवत्ता पुरस्कार पाउने कथाकारलाई पाँच/पाँच हजार रुपैयाँ प्रदान गरिएको उनले जानकारी दिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  ०८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro