site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सशस्त्र प्रहरीका पूर्वएसपीसहित जुवाखालबाट १० जना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । सशस्त्र प्रहरी बलका पूर्वएसपीसहित जुवाखालबाट प्रहरीले १० जनालाई पक्राउ गरेको छ । काठमाडौंको नागार्जुन नगरपालिका–६, रामकोटबाट शनिबार (हिजो) उनीहरूलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामकोटका राजु पाण्डे, रमेश कार्की, ज्ञानबहादुर खत्रीसहित १० जना छन् । उनीहरूका साथबाट प्रहरीले ७९ हजार ५२० रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका पाण्डे सशस्त्र प्रहरीका पूर्वएसपी हुन् ।

जिल्ला प्रशासन कार्यालयलबाट पाँच दिनको म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro