site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘पूर्ण बहादुरको सारङ्गी’ले सात दिनमा कति गर्‍यो कलेक्सन ?

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले सात दिनमा आठ करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । 

वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्टका अनुसार चलचित्रले बिहीबारसम्म आठ करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । 

‘पूर्ण बहादुरको सारङ्गी’ आज (बिहीबार) देशभरका ८१ वटा हलका ३८९ भन्दा बढी शोमा प्रदर्शन भइरहेको छ । जुन अहिलेसम्मको सबैभन्दा बढी शो पाउने चलचित्र बनेको छ । यसअघि ‘बेहुली फ्रम मेघौली’ले ३४० शो पाएको थियो । 

‘पूर्ण बहादुरको सारङ्गी’ एक करोड ३० लाख रुपैयाँमा निर्माण भएको हो । चलचित्रले आक्रामक कलेक्सन गरिरहेको छ । 

सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

आठ करोड २५ लाख हुनुपर्नेमा यसअघि अन्यथा भएकोमा सच्च्याइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro