site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
गुरुङको ‘निरजोया’माथि विमर्श 

काठमाडौं । साहित्यकार दाजु गुरुङको उपन्यास ‘निरजोया’को विमोचनसँगै पुस्तकमाथि विमर्श सम्पन्न भएको छ । बुधबार काठमाडौंमा सभ्यता अन्वेषण केन्द्रद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. गोविन्दराज भट्टराई लगायतका पाहुनाहरूले कृति सार्वजनिक गरे । 

कार्यक्रममा डा. भट्टराईले नेपाली डायास्पोरिक लेखनमा स्थापित साहित्यकार गुरुङले मलेसिया र हङकङको नेपाली डायास्पोरिक समाजको गहिरो अध्ययन गर्दै उपन्यास ‘निरजोया’ लेखेको आफूलाई लागेको बताए । उनले गुरुङको यसअघिका कथाकृति ‘टाँकीका फूलहरू’ र ‘लाई–सी’ पठनीय कृति भएको बताए । 

कार्यक्रममा कवि श्रवण मुकारुङले गुरुङको ‘निरजोया’ उपन्यासले पाठकलाई गहिरो प्रभाव पार्ने उल्लेख गरे । डा. अशोक थापाले ‘निरजोया’माथि समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा मानिसमा माया–प्रेम, स्नेह, सद्भाव र नैतिकता भन्ने कुरा संकटमा पर्दै गइरहेको विषय गम्भीर रूपमा उठाएको विचार व्यक्त गरे । 

राजकुमार बानियाँले गुरुङमा विषयवस्तुको खोज, पात्रहरूको चयन र लेखनशैली मौलिक रहेको बताए । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro