site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिनाअनुमति जापान उडेका कोसीका कानुनमन्त्री अधिकारीले दिए राजीनामा 

विराटनगर । कोसी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन्  ।

मुख्यमन्त्री र प्रदेश सरकारलाई जानकारी समेत नदिई जापान गएको विवाद बढेपछि अधिकारीले मुख्यमन्त्री हिक्मत कार्कीलाई आज प्रदेश राजधानीमा बुझाएका हुन् । विवाद भएपछि कार्कीले राजीनामा दिन निर्देशन दिएका थिए ।

मन्त्री विदेश भ्रमणमा जाँदा प्रदेश र संघीय सरकारको अनुमति लिनुपर्छ । तर, मन्त्री अधिकारीले सो प्रक्रिया पूरा नगरी कात्तिक १३ गते जापान गएका थिए । उनी टोकियो महानगरपालिकाको कार्यक्रममा गएको भनिए पनि कार्यक्रम तय थिएन  । 

विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्छ । विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाएपछि प्रदेश मन्त्रिपरिषद्को निर्णयसहित पठाउनुपर्छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro