site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी राष्ट्रपतिले कति पाउँछन् तलब ?

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावले यतिबेला विश्वकै ध्यान तानिरहेको छ । अमेरिकी राष्ट्रपति विश्वकै शक्तिशाली व्यक्ति मानिन्छन् । अमेरिकाका लागि मात्र नभई विश्व राजनीतिका लागि पनि महत्त्वपूर्ण व्यक्ति मानिन्छन् ।

त्यसो भए विश्वकै शक्तिशाली व्यक्तिमा पर्ने अमेरिकी राष्ट्रपतिले कति तलब पाउँछन् ?

अमेरिकी राष्ट्रपतिले सरकारी कोषबाट तलब पाउँछन् । औसत अमेरिकी नागरिकले पाउने तलबभन्दा ६ गुणा बढी हुन्छ । एक औसत अमेरिकी नागरिकले वार्षिक रूपमा ६३ हजार ७९५ अमेरिकी डलर कमाउँछन् ।

अमेरिकी राष्ट्रपतिले वार्षिक रूपमा चार लाख डलर तलब पाउँछन् । पहिलोपटक राष्ट्रपति ह्वाइट हाउसमा छिर्दा एक लाख डलर दिने गरिन्छ । यो रकम राष्ट्रपतिले आफ्नो इच्छाअनुसार ह्वाइट हाउसको सजावटमा खर्च गर्न सक्छन् ।

मसलन्द खर्चका रूपमा अमेरिकी राष्ट्रपतिले ५० हजार डलर पाउँछन् । मनोरञ्जन खर्चका रूपमा १९ हजार डलर । ‘ट्याक्स फ्रि’ खर्चका रूपमा एक लाख डलर पाउँछन् ।

अमेरिकी राष्ट्रपतिका सबै स्वास्थ्य सेवा निःशुल्क छन् । यात्राका लागि एक लिमोजिन कार, एक मरिन हेलिकोप्टर र एयर फोर्स वान नामक हवाईजहाज छ । यी सबै सवारीसाधनमा राष्ट्रपतिले आफ्नो अफिसका सबै काम गर्न सक्ने सुविधा हुन्छ ।

सन् १७८९ मा अमेरिकी राष्ट्रपतिको तलब २५ हजार डलर थियो । यो रकम १८७३ मा बढेर ५० हजार डलर पुग्यो । १९४९ मा एक लाख डलर पुग्यो । २००१ मा चार लाख डलर पुग्यो । सन् २००१ यता अमेरिकी राष्ट्रपतिको तलब बढेको छैन

डोनाल्ड ट्रम्प, जोन एफ केनडी, हर्बर्ट हुवर लगायतका अमेरिकी राष्ट्रपतिले आफ्नो वार्षिक तलब दान गर्थे । पदावधि सकिएपछि राष्ट्रपतिलाई आजीवन दुई लाख ४० हजार डलर वार्षिक पेन्सनका रूपमा दिइन्छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro