site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
लेबनानमा इजरायली हवाई आक्रमणमा १० जनाको मृत्यु, नौ घाइते

काठमाडौं । दक्षिणी र पूर्वी लेबनानका विभिन्न क्षेत्रमा इजरायली हवाई आक्रमणमा परी १० जनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् ।

लेबनानी सिभिल डिफेन्सको एक अज्ञात स्रोतले दक्षिणी लेबनानको सइदा छिमेकमा इजरायली आक्रमणमा तीनजनाको मृत्यु र नौ व्यक्ति घाइते भएका जनाएको छ ।

यस्तै, पूर्वी लेबनानको माचघारा सहरमा गरिएको आक्रमणमा तीन सर्वसाधारणको मृत्यु भएको छ । दक्षिणी लेबनानको जबल अल–बाटम गाउँमा थप दुईजनाको मृत्यु भएको छ ।

इस्लामिक स्वास्थ्य प्राधिकरणका दुई प्यारामेडिक दक्षिणी लेबनानको बाजोरीह नगरपालिकामा मारिएका थिए ।

सन् २०२३ अक्टोबर ८ मा युद्ध सुरु भएदेखि लेबनानमा इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ९८६ पुगेको छ । घाइतेको संख्या १३ हजार ४०२ पुगेको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  ०९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro