site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल र स्कटल्यान्ड भिड्दै, करण र भीमले खेल गुमाउने
Tiktok banner adTiktok banner ad

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डको सामना गर्दै छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुने खेल नेपाली समयानुसार राति १०ः१५ बजेदेखि सुरु हुने छ । नेपाल दोस्रो जितको खोजीमा छ ।

यही शृंखलाको खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो । त्यसैगरी अमेरिकासँग भने नेपाल तीन विकेट र ३७ रनले पराजित भएको थियो । 

यता स्कटल्यान्ड तेस्रो जित दर्ता गराउने उद्देश्यका साथ मैदानमा उत्रिँदै छ । स्कटल्यान्डले अमेरिकाविरुद्ध १० विकेट र ७१ रनको जित निकालेको थियो ।

आजको स्कटल्यान्डविरुद्धको खेलमा नेपाली राष्ट्रिय टोलीका तीव्र गतिका बलर करण केसी र ब्याटर भीम सार्कीले नखेल्ने भएका छन् । दुवै जना खेलाडीलाई चोट लागेका कारण स्कटल्यान्डविरुद्धको खेल गुमाउने नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ ।

क्यानको अनुसार उनीहरूको स्थानमा ब्याटर देव खनाल र तीव्र गतिका बलर सागर ढकाललाई टोलीमा समेटिएको छ । लिग–२ मा नेपाल ११ खेलमा पाँच अंकका साथ अंक तालिकाको सातौँ स्थानमा छ । त्यस्तै, स्कटल्यान्ड १० खेलबाट १३ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  २१:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro