site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मौसमविद् भन्छन्– काठमाडौंमा आज पनि पानी पर्छ 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौंमा आज पनि पानी पर्ने भएको छ । अपराह्नपछि काठमाडौंमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

“काठमाडौंमा आज पनि वर्षा हुनेछ । अपराह्नपछि वर्षा हुने सम्भावना छ,” मौसमविद् गोविन्द झा बाह्रखरीसँग भन्छन्, “काठमाडौंमा हल्का वर्षा हुनेछ । काठमाडौंका विभिन्न ठाउँमा दुई/तीन घण्टा वर्षा हुनेछ ।” 

वाग्मती, गण्डकी, कोसी र तराईका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना रहेको उनले बताए । “काठमाडौंमा हल्का वर्षा भए पनि अन्य क्षेमा भने मध्यमसम्म वर्षा हुनेछ,” मौसमविद् झाले भने । 

उनका अनुसार भोलिबाट भने मौसममा सुधार हुनेछ । “भोलिबाट मौसममा सुधार हुनेछ,” उनले प्रष्ट पारे । 

हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव छ । भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।  


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  ०८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro